Wednesday, December 9, 2009

उपेन्द्रनगर

नाकिमा

व्यापक व्यापारिक केन्द्र हो उपेन्द्रनगर ।

उपेन्द्रनगरमा
सस्तो छ आलु
आलु-मूल्य
प्रतिकिलो मात्र रुपैयाँ पाँच
उपेन्द्रनगरमा

उपेन्द्रनगरमा
गर्मी बढी छ
र बढी छ
स्याउको भाउ
उपेन्द्रनगरमा

उपेन्द्रनगरमा
सय रुपैयाँमा नागरिकता पाइन्छ
सय रुपैयाँ हुनेहरु नागरिक
सय रुपैयाँ नहुनेहरु शरणार्थी
उपेन्द्रनगरमा

व्यापक व्यापारिक केन्द्र हो उपेन्द्रनगर ।

No comments:

Post a Comment