Sunday, February 14, 2010

विचार गोष्ठी सम्पन्न

एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको चौथो राष्ट्रिय सम्मेलनको सन्धर्भमा अखिल नेपाल लेखक संघ केन्द्रीय समितिले "सांस्कृतिक आन्दोलनका मुद्दाहरु" विषयक गोष्ठीको आयोजना गर्यो । अनामनगरस्थित जनसंचार अभियान नेपालको हलमा आयोजित गोष्ठीमा अतिथिहरु सुधा त्रिपाठी, रोशन जनकपुरी, अमर गिरी, प्रमुख अतिथि निनु चापागाईं, बिशेष अतिथि इश्वोर चन्द्र ज्ञवाली लगायतका वक्ताहरुले आ आफ्ना विचारहरु व्यक्त गर्नुभयो ।घनश्याम ढकालको अध्यक्ष्यतामा सम्पन्न उक्त गोष्ठीको संचालन भोगीराज चामलिङले गर्नुभएको थियो ।

Wednesday, December 9, 2009

उपेन्द्रनगर

नाकिमा

व्यापक व्यापारिक केन्द्र हो उपेन्द्रनगर ।

उपेन्द्रनगरमा
सस्तो छ आलु
आलु-मूल्य
प्रतिकिलो मात्र रुपैयाँ पाँच
उपेन्द्रनगरमा

उपेन्द्रनगरमा
गर्मी बढी छ
र बढी छ
स्याउको भाउ
उपेन्द्रनगरमा

उपेन्द्रनगरमा
सय रुपैयाँमा नागरिकता पाइन्छ
सय रुपैयाँ हुनेहरु नागरिक
सय रुपैयाँ नहुनेहरु शरणार्थी
उपेन्द्रनगरमा

व्यापक व्यापारिक केन्द्र हो उपेन्द्रनगर ।

कविता प्रतियोगीता

अखिल नेपाल लेखक सङ्घ नेवाः राज्य समितिले २०६६ मंसिर ६ गते कविता प्रतियोगीता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरस्कृत कविताहरुलाई प्रकाशित गरिएको छ ।

- अखिल नेपाल लेखक सङ्घ नेवाः राज्य समिति

संविधान

बन्धुविक्रम क्षेत्री

महोदय !
हामीले उहिल्यै जलाएका थियौं
तिमीले तिम्रो लागि बनाएको संविधान
थोत्रो घरको चुहिने छानो जस्तो तिम्रो संविधान
तिम्रो थियो हाम्रो थिएन
त्यसैले उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
मान्छेलाई जनावर बनाउँथ्यो
जनावरलाई मान्छे देख्थ्यो
मानववस्तीलाई जङ्गल भन्थ्यो
आँखा देख्नेलाई पट्टी लगाइदिन्थ्यो
त्यसैले बुढो बहिरो र अन्धो भएको
त्यो छद्मभेषी संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
सचेतलाई अचेत बनाउँथ्यो
अन्न हैन गोली खा भन्थ्यो
मानिसलाई पशु बनाउँथ्यो
अनि मस्त निदाउन लगाउँथ्यो
त्यसैले भयानक आँधीपछि ब्यूँझिएर
त्यो छलकारी संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
वेरोजगारलाई कमारा कमारी बनाउँथ्यो
भूमिहीनलाई भूमिबाटै लखेट्थ्यो
छोरालाई लगेर पहरेदार बनाउँथ्यो
छोरीलाई लगेर वेश्यालयमा राख्थ्यो
त्यसैले हाम्रो सर्वस्व लुटेपछि
त्यो लुटेरा संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
प्रजातन्त्र भन्थ्यो र शाहीतन्त्र दिन्थ्यो
मानवअधिकार भन्थ्यो र प्रतिबन्ध लगाउँथ्यो
वस्ती हडप्थ्यो र दरबार बनाउँथ्यो
सोधपुछ गथ्र्यो र वेपत्ता बनाउँथ्यो
स्वतन्त्र छौ भन्थ्यो र हत्कडी लगाउँथ्यो
त्यसैले मध्ययुगतर्पु फर्काएपछि
त्यो फासिष्ठ संविधान उहिल्यै जलायौं हामीले ।

तिम्रो संविधानले
महायज्ञ गरेर अन्न जलाउँथ्यो
स्वअभिनन्दन गरेर पुूल चढाउँथ्यो
बलि चढाएर देवता खुसी पाथ्र्यो
होम जप गरेर शान्ति ल्याउँथ्यो
त्यसैले परम्परावादी र थोत्रो भएर
त्यो अमानव युगे संविधान उहिल्यै जलायौं हामीले
महोदय !
तिमी अझै त्यही संविधानको मन्त्र जप्दैछौ
जसलाई मृत घोषित गरी उहिल्यै जलायौं हामीले
त्यसैले इतिहासको क्षतिपूर्ति लिन
अब हाम्रो संविधान हामी आफै बनाउँदैछौं ।

Monday, December 7, 2009

इँटामानव

विशद

ऊ इँटामानव
संसारकै ठूलो आतंककारी
किनकि उसले बोक्ने इँटा
सधै रातो हुन्छ ।

ऊ मोहम्मद मियाँका लािग
इँटाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पिन
इँटाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसी मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।

मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौं वर्षदेिख
चुपचाप रगत बगाइरहेका
लाखौं इँटामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता इँटाहरु
तर ऊ इँटामानव
आफैले बाक्ने इँटाको
रातो रङसँग
बेखबर छ ऊ ।

नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाइन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बास छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बास दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता इँटाले बनेका कुरुप मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता इँटाले बनेका राक्षसी मस्जिदहरुमा
तर आफैले बोक्ने इँटाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ इँटामानव
संसारकै ठूलो आतंककारी
किनकि उसले बोक्ने इँटा
सधै रातो हुन्छ ।

वाचा

नारायण निरासी

भारी बोक्दछु हर्षले तर कतै मागेर नै खान्नँ म
सिङ्गो विश्व अटाउने मुलुक यो घाडी कतै जान्नँ म
यो नेपाल रहे रहन्छु म सधैं भन्ने कुरा भुल्दिनँ
जे गर्नेछु म देशको हित हुने भन्दा अरु गर्दिनँ

मान्छे ईश्वर हुन् भनी म त सधैं पुज्थेँ अझै पुज्दछु
मान्छेकै हितमा म रक्त पसिना पोख्नै परे पोख्दछु
माटोको ममता भुलेर कहिल्यै वाचाहरु तोड्दिनँ
वैरी सामु परे म लड्छु जहिल्यै लाछी बनी झुक्दिनँ

नेपाली जनता र देश नभए आपैष यहाँ बाँच्दिनँ
जो हेप्छन् तिनको सधैँ शरणमा पर्ने कुरा मान्दिनँ
आफै बाँच्दछु आत्मनिर्भर भई झोली कतै थाप्दिनँ
जित्थेँ जित्दछु जित्छुजित्छु जहिल्यै कैलेकहीँ हार्दिन

कर्णाली कमला तमोर अनि त्यो तादीसँगै बग्छु म
मिच्ने कोसिस गर्छ जो दशगजा त्यस्तासँगै लड्छु म
बोकी राख्दछु काँधमा र शिरमा नेपालको गौरव
काखी च्यप्दछु च्याप्छु पाण्डवहरु खेदेर ती कौरव

निद्रामा हररातमा म सपना नेपालकै देख्दछु
लागे सङ्कटकाल यो हरघडी जागेर नै बस्दछु
किल्लामा बलभद्रझैं दिनदिनै रक्षा गरी रुङ्दछु
के माग्छस् तँ भने म अन्तिम घडी नेपाल नै माग्दछु

घुर्कोली-८, सर्लाही

भोलि खोज्दै उठे

मंजु मार्मिका

भुत थियो दुःखदायी
वर्तमान झनै
युगले हातहरु फैलाएको बेला
शून्य ती हातहरुमा
पुर्याउन केही कुरा
सानो एउटा झोली खोज्दै उठेँ ।

विशाल यो धर्तिमाथि
च्यतिएको पहिरन र भित्तासँग साथ माग्दै
कति पाइला चालिए होलान्
भारी बोक्ने दाइको ज्यान कुन नदीमा मिल्यो होला
त्यही पिडामा भाउजुको मुटु कति दुख्यो होला
पिठ्युमा छोरा बोकी बालुवा चाल्दै गर्दा
हराएकी ती दिदीको चोली खोज्दै उठँे ।

अझै देख्छु यत्रतत्र
सन्तान मर्दा धन्य भनी
आफ्नो मन थाम्नेहरु
भोकै बसी नाङ्गै बसी
आउने दिन गन्नेहरु
सन्तानको कात्रोभित्र चिहाइ हेर्दा
विजयको मुहार पनि देख्नेहरु
बाँचीरहोस देश भन्दै
जीवन बलि दिनेहरु
तिनकै निम्ति आवाज दिन बोली खोज्दै उठँे ।

गर्भमै हँुदा ऋणको भारी बोकेर
चुक्ता गर्न हली बन्ने काले दाइले
परम्परा जोगाउन
भारी बोक्ने भरिया भाइले
अरुका निम्ति पसिना कतिन्जेल चुहाउनु
कोही मान्छे कन्दमुल नपाएर त्यागीराुछन् जीवन
कोही मान्छे आरामले सजाइराुछन् जीवन
फटाहा र शोषकको अन्त्य आजै गर्न
विचारको गोली खोज्दै उठँे ।

पानी सधै दख्खिन बगी उतै जानु पर्ने त हो
फर्किएर यतै आयो
जाने ठाउँमा जाल बुन्यो कस्ले
साँध मिच्न सिपालु छन भन्ने थाहा पाए
सिमानाको निकै वर ढोका थुन्छ कस्ले
त्यै ढोकालाई फुटाएर
गन्तव्यमा पुग्नलाई टोली खोज्दै उठँे ।

गोरुलाई गाई बनाई दूध माग्नेहरु
आपुनै प्वाँखको साहरामा उड्ने चराहरुलाई
पिजडामा राखी-राखी कष्ट दिनेहरु
अटन सक्छन यहाँ ठुल्ठूला महल र पुजिपतिहरु
सक्दैनन् रे अटाउन सर्वहारा र झुपडिहरु
हिजो यस्तै अन्याय भो
आज अत्याचार
बनाउनलाई बराबर
सुन्दर त्यो भोलि खोज्दै उठँे ।

दिदीको त्यो चोली खोज्दै उठँे ।
विचारको गोली खोज्दै उठँे ।